Showing posts with label कविता संग्रह. Show all posts
Showing posts with label कविता संग्रह. Show all posts

Friday, February 4, 2011

बिश्व चलाउने अठोट गरछौ

लड्छौ लड्छौ लड्छौ, अन्याय बिरुद्ध लड्छौ
यी दुइ हातले बिश्व, चलाउने अठोट गरछौ

हुन दिन्नम अन्याय, अत्यचार बिरुद्ध लड्छौ
थप्नु परे गोली बारुद, छाती माथि थाप्छौ
डगने छैनौ सामन्त अघि, सामन्ती बिरुद्ध लड्छौ
यी दुइ हातले बिश्व, चलाउने अठोट गरछौ

पाउनु पर्छ सबले बाच्न, समानताका लागि लड्छौ
पाउनु पर्छ सबले बोल्न, निमुखाका लागि लड्छौ
हल्लिने छैनौ शोषक अघि, शोषण बिरुद्ध लड्छौ
यी दुइ हातले बिश्व, चलाउने अठोट गरछौ

Read more...

आखिर तिनी हाम्री आमा हुन्

छोड! तिनलाई बलात्कार नगर , धेरै भयो कति लुट्छौ
तिनका अंग अंग गली सके, सुसाए, थाके चल्नै नसक्ने पारौ
कस्तो अधर्मी तिनलाई लंगडो पर्ने, धिक्कार छ तिमिहरुलाइ
आखिर तिनी हाम्री आमा हुन् |

पशु भन्दा पनि निच भयौ, पशुले पनि चिन्छ आमा त आफ्नो
तिमि त उक्लियौ यौनक्रिडा गर्न उही माथि,
हुर्कायो बढायो जसले नौ धारा धुत खुवायो त्यहिँ माथि
कस्तो दानव यो मात्रि पिडा दिने, धिक्कार छ तिमिहरुलाइ
आखिर तिनी हाम्री आमा हुन् |

कहिले आफैबाट बलात्कार गरौ, कहिले गरयौ अरु बाट
यो बलात्कारको शृंखला पनि लामो र निरन्तर छ
कहिले कालापानी बनाई बलत्कार गरौ, कहिले पशुपतिनगर बनाई
कहिले महाकाली सन्धिका नाममा त, कहिले टनकपुरका नाममा
हे मात्रीकरनीकर्ता हो, धिक्कार छ तिमिहरुलाइ
आखिर तिनी हाम्री आमा हुन् |

कहिले कोशी बनाई शरीर भरि क्रिडा गरौ, कहिले लौटंकीको आल बनायौ उनकै छातीमा
मात्रै लुटेनौ अंग भंग पारौ लुछेर, पुराइ छोडौ देश विश्व पाटीमा
सधै आशु मात्र दिने, धिक्कार छ तिमिहरुलाइ
आखिर तिनी हाम्री आमा हुन् |

जुन द्वारबाट आयौ, त्यहिँ करनी गर्दै छौ, मर्छौ खोरेत, ठेउला र कुष्ठरोग लागेर
कुहिने छौ मर्ने बेलामा मुखमा एक थोपा पानी पनि मिल्ने छैन
त्यसैले आतताही बन्नेहरु, धिक्कार छ तिमिहरुलाइ
आखिर तिनी हाम्री आमा हुन् |

Read more...

Monday, July 26, 2010

मजदुर हौ हामी

मजदुर हौ हामी मजदुर हौ हामी, पसिना बगाऊछौ
त्यहिँ पसिनाले पखाली घरव्यवहार चलाऊछौ

बिना श्रम चाहिंन्न केहि, खाइन्न खोटो धन
श्रम गर्न इश्वरले दिएका, यी दुइ हात छन्
यी दुइ हात खियाइ नया, समाज बुने छौ
पसिना बिना आफ्नो भन्ने, चिन्तन धुने छौ

श्रममा आस्था श्रममा विस्वास, जहाँ श्रममै छ स्वाभिमान
पसिना थोपा मोतिका दाना, मजदुरको यहि शान
पसिनाद्वारा सिंचित परि, नया इतिहास कोर्ने छौ
मजदुर शोषने काला कानुन, ति सबै फोर्ने छौ

Read more...

Thursday, June 24, 2010

आखिर यहाँ विधिको शासन छ

रोगले छट्पटिएको रोगि अस्पतालको लाइनमा छ
उसलाई बिस्तारै बिस्तारै रोगले चाप्दैछ
उ अगाडी बढेर अघि बसेको मान्छेलाई आफु पहिला जाने जिकिर गर्छ
अघिल्तिरको भुस्तिग्रे पालैपालो लाइनमा आइज, देख्दैनस मानिस लाइनमा लागेको भनि आखा फुकाल्छ
असहाय पीडाले त्यो रोगि त्यहिँ बेहोस् बन्छ फेरी छटपटीन्छ अनि लाइन् पुरा नहुदै
डाक्टरका अगाडी आफ्नो अन्तिम वाक्य पनि राख्न नपाउदै मर्छ
आखिर यहाँ विधिको शासन छ

स्कूलबाट बिधार्थी लछार पछार गर्दै प्रहरीका भेनभित्र खादिये
खादी नसकिदै बुट र लाठीका प्रहार छाती र शरीरका विभिन्न सम्बेदनशील अंगमा पर्छन
निरिह बिधार्थीहरु रगताम्य भै त्यहिँ गाडीको सतहमा लड्छन
भोलि छोरा छोरी खोज्दै बा आमा स्कूल हैन चौकीतिर धौछ्न अनि
हिजोको प्रहरीको पिटाईले बनेका निल डाम गएर सुम्सुम्याउछन
तर उनीहरुले प्रहरीलाइ प्रति उत्तर गर्ने हिम्मत राख्दैनन्
आखिर यहाँ विधिको शासन छ

गाऊ कि हरिमाया बलत्कृत भै, एक पुरुषबाट हैन सात सात पशुबाट
योनिद्वार बाट रगतको खोलो बग्यो, तर पनि पशुहुरु भिडीरहे क्रमबद्धरुपमा
उ छिच्याही, कराई आफ्नो कुमारीत्व बचाउन, तर प्रतिबद गर्ने कोहि थिएन आफ्ना दुइ हात बाहेक
कम सकियो पशुहरु लागे आफ्नो गन्तव्यतिर, पिडित छटपटाइ पीडाले
अनि सोच्न थाली, अनि फेरी एकोरो हासी पागलसरि
आखिर यहाँ विधिको शासन छ

Read more...

Monday, June 21, 2010

कान्तिकारी भएका छन् !!!

राष्टका लागि खुकुरी रंग्याउने यी हातहरु अब
राष्ट बेच्न पल्कियएका छन्
राष्टय पोशाक को त कुरै नगरु यहाँ
पश्चिमी सभ्यता सल्किएको छन्


अतिथि हाम्रा देवता हुन् भन्ने यी नेपालीहरु
तिनीहरुलाइ नै लुट्न मस्त छन्
नेताहरुको त कुरै नगरु यहाँ
बुद्धिजीवीहरु नै भष्ट छन्

जनताका लागि सुरछा दिने यी प्रहरीहरु अब
तस्करीहरु संगै ट्याप छन्
जस्तै इमान्दार हु भन्ने कर्मचारीहरु पनि यहाँ
घुसियाहरु संगै ल्याप छन्


अधत्मिक चिन्तनका गंगा बगाउने यी महापुरुषहरु अब
केवल पैसा लुट्ने जाली भएका छन्
देश र जनताका लागि बोल्ने ति जनप्रतिनिधि अब
मात्र पुजीपतिका माली भएका छन्
सायद यसैको पिरले होला जनता अहिले
अन्धकारमा राको बाल्ने कान्तिकारी भएका छन्
कान्तिकारी भएका छन् !!



२०५७/०८/२४ गते पुर्वान्चल दैनिकमा प्रकाशित

Read more...

Friday, June 11, 2010

परिवर्तन

शान्ति हाम्रो पेटीमा उभी भीख मागीरहेको छ, तर हामीसंग उसलाई दिन केहि छैन
सुन्दर शान्त अब छत बिछत् भैसकेको छ कही एम्बुस र दोहोरो भीडन्तमा परी
बिहानीले भालेको डाक र चाराचुरुंगीका चिर्बिर चिर्बिर आवाजका ठाउमा
तोप र बन्दूकका कर्ण कटु आवाजहरु सुनाउन थालेका छन
सगरमाथा एकोहोरो हेरीरहेछ वरफसरी आखामा आशु लि
उ संग बोल्ने हिम्मत छैन, बोलोस पनी कसरी यहाँ सजिवहरु चुपचाप मौनतामा डुबेका बेला

घरबाट निस्केको छोरा बेलुकी घर फर्कन्छ की फर्कन्दैना
आमालाई दिनभरी खडपड़ी र छड़पड़ी छ
यहाँ तिहार तिहार जस्तो छैन, दशै दशै जस्तो लग्दैना
कहा कसको तिहार रोकिने हो, दशैमा कुन चेली को सिंदूर पुछिने हो

समचार पत्रका हरफहरु अब रगतले कुदिएका बाहेक केहि छैन्न
समचार पढन बसेको बाउ भार्तिमा पसेको छोराको लाश मुख्य पृष्ठमै देख्दा यहाँ कुनै अचम्म छैन
पशु हरौदा खल्लीबल्ली हुने गाउ आज मान्छे लापता हूदा कुनै हल्लीखल्ली छैन
देशमा कथित परिवर्तनका काला बादल मडारिएक छन
बिजुलिका चमक धमक चर्का आवाजले गाउ गल्लि आक्रांतित छ
मानिस खसीबोका झैँ छ्याप छ्याप्ती कटीऐका छन , रेटिएका छन
कोही मुस्लिम समुदायको हलाल शैलीमा उदोमुन्टो पारि रुखमा टागीएका छन

मानवीय सम्बेदाना, भावना एकादेशको कथा बनेको छ
एउटा शाहीसेनामा लागेको छोराको दहासंस्कार नसकिदै
भोली जनशेनामा लागेको छोरा को मलामी खोजन, बाउ गाउ घरका ढोका ढोका ढक ढकाइ रहेका छन
आहा! हेर देशले कत्रो परिवर्तन पाएको छ

ऐ! परिवर्तनका हिमायतीहरु हो यो भन्दा अरु के परिवर्तन चाहन्छोउ ? भयो बंद गर अब !
परिवर्तन कुनै मानबको इति लीला समाप्त गरेर ओउदैना, यसले त् मानब सब्यतालाइ नाश गर्छ
यदि परिवर्तन नै चाहेका होउ भने, परिवर्तन गर ति समाजका बिकृत सोचहरुलाइ
उखेलेरा फ्याकी देउ कथित सस्कार र रुडीबदी परम्पराहरुलाइ
नामेंट गरीदेउ मान्छे मान्छेमा बिभाजन ल्याउने छुवाछुतहरुलाई

जब सम्म सोच र बिचारमा परिवर्तन ओउदैन , तब सम्म लाखऔ नरबलि चडाये पनी परिवर्तन संम्भब छइन
त्यसैले शुरू गरु फ्याकन बिकृत सोच र बिचारहरुलाइ, शुरू गरु आफै आफै बाट
आफै आफै बाट शुरू गरे पर्दैना कसैलाई परिवर्तन गर्न !!!! पर्दैना परिवर्तन गर्न

Read more...

किन कि देशले परिवर्तन मागेको छ

सुने सगरमाथाको लम्बाई लम्बियो रे,
उ एक दुइ सुता माथि सरेको छ
उ सधै एकै ठाउमा रहिरहन सक्दैन,
उ निर्जीव छ तर पनि किन परिवर्तित हुन चाहन छ
किन कि देशले परिवर्तन मागेको छ

साइला दाईले यसपाली साहुलाइ ठेक्का नतिर्ने रे,
साहु प्रहरी लिन चौकी तिर गएको छ
प्रहरी हातमा लट्ठी घुमाउदे ठेक्का भर नत्र ! भन्दै छ,
तर किन दाई जसको जोत उसैको पोत भन्दै कराई रहेका छन्
किन कि देशले परिवर्तन मागेको छ

मजदुर दिनरात दश नग्री खीयाउछ
पानी सरि पसिना बगाई
तर बिडम्बना बिलुकी उसैको घरको चुलोमा आगो बल्दैन
उ छटपटीन्छ! निसासिन्छ! अनि किन भन्छ श्रम शोषण बन्द गर
किन कि देशले परिवर्तन मागेको छ


श्रीमती फेरी पिटिन जड्या श्रीमानबाट
जागेटिन, दुइजिउको शरीरमा बुटको डाम बसे
उठ्न खोजिन उठान सकिन्न पछारिन त्यहिँ माटोमा
अनि जमिनको माटो हातमा लि किन कराइन ! लैंगिक असमनता मुर्दाबाद
किन कि देशले परिवर्तन मागेको छ


दुधे बालक जुठेलनामा पौठाजोरी खेल्छ जुठा भाडासंग
कयै दिन देखि नखाएका हात कमाउदै मस्काउछ
छेउ बाटै "बल शोषण बन्द गर" आदि प्ले कार्डधारीहरु नाराजुलुस सहित अगी बद्छ्न
केटो आखाभरि आशु बनाई किन त्यहिँ भिडतिर दौडी रहेछ
किन कि देशले परिवर्तन मागेको छ

Read more...

  © Free Blogger Templates Blogger Theme II by Ourblogtemplates.com 2008

Back to TOP