Thursday, June 24, 2010

आखिर यहाँ विधिको शासन छ

रोगले छट्पटिएको रोगि अस्पतालको लाइनमा छ
उसलाई बिस्तारै बिस्तारै रोगले चाप्दैछ
उ अगाडी बढेर अघि बसेको मान्छेलाई आफु पहिला जाने जिकिर गर्छ
अघिल्तिरको भुस्तिग्रे पालैपालो लाइनमा आइज, देख्दैनस मानिस लाइनमा लागेको भनि आखा फुकाल्छ
असहाय पीडाले त्यो रोगि त्यहिँ बेहोस् बन्छ फेरी छटपटीन्छ अनि लाइन् पुरा नहुदै
डाक्टरका अगाडी आफ्नो अन्तिम वाक्य पनि राख्न नपाउदै मर्छ
आखिर यहाँ विधिको शासन छ

स्कूलबाट बिधार्थी लछार पछार गर्दै प्रहरीका भेनभित्र खादिये
खादी नसकिदै बुट र लाठीका प्रहार छाती र शरीरका विभिन्न सम्बेदनशील अंगमा पर्छन
निरिह बिधार्थीहरु रगताम्य भै त्यहिँ गाडीको सतहमा लड्छन
भोलि छोरा छोरी खोज्दै बा आमा स्कूल हैन चौकीतिर धौछ्न अनि
हिजोको प्रहरीको पिटाईले बनेका निल डाम गएर सुम्सुम्याउछन
तर उनीहरुले प्रहरीलाइ प्रति उत्तर गर्ने हिम्मत राख्दैनन्
आखिर यहाँ विधिको शासन छ

गाऊ कि हरिमाया बलत्कृत भै, एक पुरुषबाट हैन सात सात पशुबाट
योनिद्वार बाट रगतको खोलो बग्यो, तर पनि पशुहुरु भिडीरहे क्रमबद्धरुपमा
उ छिच्याही, कराई आफ्नो कुमारीत्व बचाउन, तर प्रतिबद गर्ने कोहि थिएन आफ्ना दुइ हात बाहेक
कम सकियो पशुहरु लागे आफ्नो गन्तव्यतिर, पिडित छटपटाइ पीडाले
अनि सोच्न थाली, अनि फेरी एकोरो हासी पागलसरि
आखिर यहाँ विधिको शासन छ

0 comments:

  © Free Blogger Templates Blogger Theme II by Ourblogtemplates.com 2008

Back to TOP