Tuesday, June 29, 2010

दोषी को ?

म र मेरो परिवार हामी सबै जातीय रुपमा हिन्दु हौ र त्यसपछी उपाध्य ब्रामण | मेरो बुबाले सस्कृतको गहिरो अध्यान गर्नु भएको छ र अहिले त्यहिँ बाहूपुर्खाले अंगाली ल्याएको पेशा पुरेत्यइ गर्नु हुन्छ | मेरो बु बुबाले नचिनेको कोहि छैन, साहु देखि महाजन सबैले मेरो बुबालाई आदर गरेर घनश्याम बाजे भनेर बोलोउ छन् | हुनत घनश्याम बाजे अथवा मेरो बुबा पुरानो सभ्यतामा हुर्केकाले होला जातीय छुवाछुतमा धेरै नै कटर छन् | उहा तल्लो जातको व्यक्तिसंग गफै गर्न पनि रुचौदैनन, उहा आफ्नो आडम्बरमा अडिक हुनुहुन्छ | उहालाइ कसैले हल्लौना सक्दैन | तल्लो जात भनेको हामी भन्दा हामी भन्दा सानो हो, उनिहरुले छोएको हामीहरुले खानुहुदैन, यहाँसम्म कि कहिँ हिड्न लाग्दा कोहि तल्लो जातको व्यक्तिसंग जम्मकाभेट हुदा असगुन हुने जस्ता पुराना, अनैतिक, कुसस्करहरुले उहाको मस्तिष्कमा गहिरो छाप छोडेको छ | त्यसैले होला उहा जैले पनि मलाई भन्ने गर्नुहुन्छ - "छोरा जानेर पनि तल्लो जातको मान्छेसंग सङ्गत नगर्नु, हाम्रो जातै जान्छ, नाकै काटिन्छ" | यसरि मेरो बुबा मलाई मार्गदर्शन दिनुहुन्छ |
म घनश्याम बजेको एक्लो छोरो | म माथि दुइटी छोरी र फेरी म पछी अर्की कान्छी छोरी, बुबा आमा गरि छ जनाको परिवार | हाम्रो सम्पूर्ण परिवारको गुजाराको मुख्यश्रोत भनेको बुबाको जजमानी | यहि जजमानी गरेर मेरो बुबाले सम्पूर्ण परिवार चलाएका छन | म देखि लिएर ३/ ३ वटी छोरी पढाउने, खुवाने, लगाउने सम्पूर्ण जिम्मा बाबुको अथवा जजमानी कामको काधमा | पुरानो सस्कार बोकेर भए पनि हाम्रा बुबाले छोरीहरुलाइ भने पढाएका छन सकी नसकी | यो उहाको प्रगतिवादी काम हो | यी त थिए हाम्रो पारिवारिक पृष्ठभूमि , र अब कथा यसरि सुरु हुन्छ | म क्याम्पस पढाईमा ब्यस्त थिए, मेरो उदेश्य भनेको केवल पढ्नु मात्र थियो | त्यसैले म धुरीमा टुप्पी बाधेर आफ्नो अध्यान गर्दैथिए | तर मान्छेले जे सोच्छ त्यो हुदैन रहेछ, त्यसैले होला मेरो पढ्ने इच्छा हुदा हुदै पनि मेरो जीवनमा पढाईको बाधक बनेर सरस्वती आइन |उनि जातीय हिसाबले रसाइली थिन, तर म एउटा जातीय छुवाछुतको लागि ठिक बुबाको बिपरित थिए | त्यसैले होला सरस्वती पति मेरो धेरै सहानुभूति जाग्यो | उनि र मेरो छोटो परिचयको अवधिमै एकअर्काका असल साथी बन्न पुगियो | बिस्तारै उनको र मेरो सम्बन्ध नजिकिदै गयो, अनि धेरै दिनको भेटघाटले एउटा नया मोड लियो - प्रेम विवाह | उनले अब सधै मलाई विवाहको प्रस्ताव राख्न थालिन, म चाही याद नगरे जस्तो गर्दै गए तर धेरै दिनको काचकाचले मैले पनि केहि विकल्प सोच्न बाध्य भए |
मैले निश्य गरे बुबालै सबै समस्या सुनाओ, तर डर लग्यो, बुबा स्वभावले नै डरलाग्दो हुनु हुन्थियो | त्यसैले बुबाको मन चोर्न मैले " तल्लो जातको केटिसंग विवाह गरे भने के गर्नु हुन्छ " मेरो प्रश्न पुरा नहुदै बुबा एकदमै रातोपिरो अनुहारले मलाई " यो घरको आगन पनि नटेक्नु" | यसरि कुरा गर्दा मात्र बुबाको यत्रो रिस भोलि विवाह नै गरेर ल्याए भने त बुबाले मलाई यस घरको कुनै पनि कुनामा ठाउँ नदिने रहेछन भन्ने भयो, यसरि म उनको पवित्र प्रेमलाइ पनि नकार्न सक्दिन थे र आफ्नो परिवारबाट टाडा अनि एक्लो बन्न पनि | अब मलाई यी दुइ बाटोमा एउटा रोज्ने परिस्थिति आयो र म एकान्तमा बसेर एकोरिना थाले, मेरो दिमागले काम गर्न छाड्यो | क्याम्पस जना छोडे |
मरो मनमा कुरा खेलीरहे | कहिले सोच्थे मैले उसंग पवित्रप्रेम गरेको छु, उसलाई कुनै पनि हालतमा धोका दिनुहुदैन |यी सम्पूर्णलाइ त्यागेर मैले केवल हाम्रो प्रेमलाई सफल बनाउनु पर्छ अनि मात्र प्रेमको अर्थ सार्थक हुन्छ तर अर्को मनले भन्छ जीवनको लछ्या भनेको केवल प्रेम मात्र हैन, स्वास्नी मात्र हैन | हाम्रो परिवार प्रति पनि त केहि कर्तव्य छ | आमा बुबाले छोरा छोरी जन्मौदा साथ साथै धेरै सपनाहरु पनि जन्माएका हुन्छन , ति आमाबुबाका सपनाहरुलाइ हामीले पुरा गर्नुपर्छ | यसरि दोमन भएर म धेरै दिन सम्म रन्थनिरहे | कहिले परिवारप्रतिको कर्तव्यले सतौथ्यो त कहिले पवित्रप्रेम प्रतिको जिम्मेवारीले | धेरै दिन यसरि दोमन भएर हिडदा हिडदै एकदिन मनमा लग्यो, यी सम्पूर्ण कुरा अब म सरस्वतीलाइ सुनाउनु पर्यो अनि उनको पनि सल्लाह लिनुपर्यो | त्यहिँ सोचेर भोलिपल्ट क्याम्पस गए | क्याम्पसमा सबै साथीहरुको जमघट थियो तर सरस्वती थिन्न | मैले धेरै खोजे तर अन्त्यमा एकजना साथीबाट थाहा पाए सरस्वतीको त अर्कै एकजना केटासंग विवाह भैसकेछ |म एकपल्ट त आकाशबाट खसे जस्तो भए तर पनि मनलाई समाल्दै एकपल्ट उनिसंग भेट्न मन लग्यो | साथीहरुबाट उनको नया घरको ठेगाना लिएर उनि बह्येको ठाउँमा पुगे | उनको सिउदो सिन्दुरी सकेको थियो तर पनि केहि आट गरेर मैले उनीसंग प्रश्न गर्न खोजे, हुनत अब उनलाई प्रश्न गर्ने मेरो केहि अधिकार थिएन तर पनि प्रश्न गर्न बाध्य भए | उनले आखाभरी आशु बनाउदै भनिन "हो म पनि तपाइलाई तपाई जत्तिकै माया गर्थे, तर तपाइको दोधारे जीवन बनाएर म बच्न सक्दिन थे | मलाइ थाहा थियो तपाइको परिवारले मलाई स्विकार्दैनन र तपाई पनि परिवारको बिरुद्ध हुनुहुन्थियो | तपाईहरुको त्यो खुशी जीवन म आएर बिथोल्न चाहन्न थे किन कि प्रेम भनेको विवाह र मिलन मात्र हैन प्रेम भनेको साचो अर्थमा एउटा बलिदान हो | यहि सोचेर मैले तपाइको खुसीको लागि तपाइको बिना सल्लाह अर्कै व्यक्तिसंग विवाह गरे |
यसरि अर्कै व्यक्तिबाट सिधुरिये कि उलाई फेरी म भित्याउन न सक्थे | मनले नचाहदा नचाहदै पनि उनलाई त्यहिँ छोडेर म बाहिर निस्के सधैका लागि ......... त्यहाँ बाट निस्केपछी मरो मनमा धेरै कुरा खेलीरह्यो | म सोच्थे महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता महापुरुष अरु १/२ जना हाम्रो समाजमा जन्मेका भए सायद यो हामी भित्र जमेर बसेको छुवाछुतको भवन हटथ्यो कि ? मेरो बुबाको हुर्दय पनि देवकोटाको जस्तो भएको भए आज मैले मेरो प्रेमको सफलता पाउने थिए | तर बिधताको आदेश कसले टार्ने र ! यहि सोच्दै मैले अब आजीवन विवाह नगर्ने निर्णय लिए किन कि मैले सरस्वतीलाइ नै सम्पूर्ण जीवनको साथी बनिसकेको थिए | त्यसैले अहिले म सानो सस्था खोलेर बसेको छु जसको नाम हो "दलित जति उथान समिति"

Read more...

Thursday, June 24, 2010

आखिर यहाँ विधिको शासन छ

रोगले छट्पटिएको रोगि अस्पतालको लाइनमा छ
उसलाई बिस्तारै बिस्तारै रोगले चाप्दैछ
उ अगाडी बढेर अघि बसेको मान्छेलाई आफु पहिला जाने जिकिर गर्छ
अघिल्तिरको भुस्तिग्रे पालैपालो लाइनमा आइज, देख्दैनस मानिस लाइनमा लागेको भनि आखा फुकाल्छ
असहाय पीडाले त्यो रोगि त्यहिँ बेहोस् बन्छ फेरी छटपटीन्छ अनि लाइन् पुरा नहुदै
डाक्टरका अगाडी आफ्नो अन्तिम वाक्य पनि राख्न नपाउदै मर्छ
आखिर यहाँ विधिको शासन छ

स्कूलबाट बिधार्थी लछार पछार गर्दै प्रहरीका भेनभित्र खादिये
खादी नसकिदै बुट र लाठीका प्रहार छाती र शरीरका विभिन्न सम्बेदनशील अंगमा पर्छन
निरिह बिधार्थीहरु रगताम्य भै त्यहिँ गाडीको सतहमा लड्छन
भोलि छोरा छोरी खोज्दै बा आमा स्कूल हैन चौकीतिर धौछ्न अनि
हिजोको प्रहरीको पिटाईले बनेका निल डाम गएर सुम्सुम्याउछन
तर उनीहरुले प्रहरीलाइ प्रति उत्तर गर्ने हिम्मत राख्दैनन्
आखिर यहाँ विधिको शासन छ

गाऊ कि हरिमाया बलत्कृत भै, एक पुरुषबाट हैन सात सात पशुबाट
योनिद्वार बाट रगतको खोलो बग्यो, तर पनि पशुहुरु भिडीरहे क्रमबद्धरुपमा
उ छिच्याही, कराई आफ्नो कुमारीत्व बचाउन, तर प्रतिबद गर्ने कोहि थिएन आफ्ना दुइ हात बाहेक
कम सकियो पशुहरु लागे आफ्नो गन्तव्यतिर, पिडित छटपटाइ पीडाले
अनि सोच्न थाली, अनि फेरी एकोरो हासी पागलसरि
आखिर यहाँ विधिको शासन छ

Read more...

Monday, June 21, 2010

कान्तिकारी भएका छन् !!!

राष्टका लागि खुकुरी रंग्याउने यी हातहरु अब
राष्ट बेच्न पल्कियएका छन्
राष्टय पोशाक को त कुरै नगरु यहाँ
पश्चिमी सभ्यता सल्किएको छन्


अतिथि हाम्रा देवता हुन् भन्ने यी नेपालीहरु
तिनीहरुलाइ नै लुट्न मस्त छन्
नेताहरुको त कुरै नगरु यहाँ
बुद्धिजीवीहरु नै भष्ट छन्

जनताका लागि सुरछा दिने यी प्रहरीहरु अब
तस्करीहरु संगै ट्याप छन्
जस्तै इमान्दार हु भन्ने कर्मचारीहरु पनि यहाँ
घुसियाहरु संगै ल्याप छन्


अधत्मिक चिन्तनका गंगा बगाउने यी महापुरुषहरु अब
केवल पैसा लुट्ने जाली भएका छन्
देश र जनताका लागि बोल्ने ति जनप्रतिनिधि अब
मात्र पुजीपतिका माली भएका छन्
सायद यसैको पिरले होला जनता अहिले
अन्धकारमा राको बाल्ने कान्तिकारी भएका छन्
कान्तिकारी भएका छन् !!



२०५७/०८/२४ गते पुर्वान्चल दैनिकमा प्रकाशित

Read more...

Wednesday, June 16, 2010

संघियता प्रणाली र हाम्रो भविष्य

संघियता प्रणाली आफैमा गलत प्रणाली होइन / तर संघियता सबै ठाउमा सबैको लागि फलिफाप पनि बन्न सकेको छैन / तत्कालिन राजा ज्ञानेन्द्रले राजकीय सत्ता आफ्नो हातमा लिएर सम्पूर्ण राजनीतिक पार्टीहरुका प्रमुख नेतालाइ नजरबन्ध गरि एकतन्त्रीय शासन चलाएपछी अलग राजनीतक उदेश्य बोकेका नदीका दुइ किनार झैँ भएका संसदबादी दल र तत्कालिन ने. क. पा. (माओबादी) एकै कित्तामा आउन बाध्य भए / १२ बुदे सहमति बन्यो र त्यहिँ अनुरुप जनआन्दोलन-२ मा सबै गणतन्त्रबादी राजनीतिक पार्टीहरु र पेशाकर्मीको पहलमा नेपाल जहानिया राजतन्त्रात्मक देशबाट गणत्रान्तिक मुलुकका रुपमा स्थापित भयो / १२ बुदे सहमति कै आधारमा संबिधानसभाको निर्वाचन भै अहिले संबिधानसभाले नया संबिधान निर्माणका लागि काम गरिरहेको छ / नया नेपाल, अनि यसले बनाउने नया संबिधान, सबै वर्ग, पेशा, धर्म, जात र समुदाय आदिले अब बन्ने नया संबिधानमा अआफ्नो भूमिका कस्तो रहने भन्ने बिषयलाई धेरै चासोको रुपमा हेरिरहेका छन् / स्वाभाविक हो! सदियओ देखि राज्यबाट कुनै न कुनै रुपमा हेपिएका, तल परेका ति समुदायहरु जसले यो नया बन्ने संबिधानभित्र आफ्नो सम्मानजनक भूमिका चाहेका छन र यो अति आवश्यक पनि छ / जब सम्म ति वर्ग र समुदायको आवाजलाइ नया बन्ने संबिधानमा सहि रुपमा सम्बोधन गरिदैन तबसम्म संसारकै जतिसुकै अब्बल प्रकारको नया संबिधान बने पनि अन्ततोगत्व त्यो असफल र सबै समुदायले आफ्नो संबिधानको रुपमा महसुस नगर्न खालको बन्नेछ /
१५ हजार भन्दा बढी नेपाली जनताले ज्यान गुमाएर यहासम्म आइपुग्दा अहिले माओबादी जनयुद्दकालिन बाटोमा हिडिरहेको छ कि छैन भन्ने छुटै छलफलको बिषय बन्नेछ/ तत्कालिन ने. क. पा. मालेले २०२८ सालमा झापा बिद्रोह गर्दाका राजनीतिक मुद्धाहरु पनि यहि बिषयभन्दा फरक बिल्कुल थिएन र त्यहाँ पनि धेरै नेपालीले ज्यान गुमाउनुपरेको थियो / आज ने. का. पा. माले हुदै एमालेसम्म आइपुग्दा ति मुद्धाहरुलाई यो पार्टीले पनि बोकेर हिडेको छ कि छैन बन्ने पनि अर्को छलफलको बिषय बन्ने छ /
यी माथिका प्रसङ्गहरु किन उठाइयो भने जति पनि नेपालमा राजनीतिक पार्टीको उदय भयो तिनले यिनै सर्वहारा वर्गको नेत्रितो गरेर नै यहासम्मको यात्रा तय गरेका छन् / अनि राज्य संचालन गर्ने जिम्मेवारी पनि यिनैले बहन गरे / तर ति वर्ग र समुदाय जसलाई हरेक राजनीतिक पार्टीले आफ्नो राजनीतिक उदेश्य पुरा गर्ने बलिको बोका बनाए ति सधै राज्यबाट अपहेलित र तिरस्कृत बनि नै रहेका छन् / जबसम्म ति अपहेलित र तिरस्कृत भएका वर्ग र समुदायलाइ नया संबिधानमा सम्मानजनक रुपमा सम्बोधन गरिदैन तबसम्म यो देशमा अनेक एमाले, माले र माओबादी पार्टीहरु नेपाली समाजमा देखिनैरहने छन / विभेदका लडाई लडिरहने छन् / त्यसबाट उत्पन्न हुने हिग्सा कहिले अन्त्य हुने छैन / यो देश सधैका लागि अधिकार र समानताका लागि लड्नेहरुको कुरुछ्त्र बन्नेछ / जहाँ आफ्नाले आफ्नाको बिनाशबाहेक अरु केहि गर्ने छैन्न / अनि देशको विकास दिवासपन मात्र हुने छ / हामी नेपाली सधै गरिबीको रेखामुनि नै बच्नु पर्ने छ /
माथि उल्लेखित वर्ग र समुदायलाई अधिकार सम्पन्न बनौने नाममा देशलाई संघियतामा लैजाने निर्णय संबिधानसभाको पहिलो बैठकले पारित गरिसकेको छ / तर संघियता कस्तो ढाचाको हुने, अधिकार बढफढ़ कस्तो हुने भन्ने बिषय अझै पनि छलफलकै रुपमा रहीरहेको छ / राज्य विभाजन, नामकरण आदि जटिल बिषय संघीयताका महत्वपूर्ण बिषय हुन् / देशलाई कति राज्यमा मा लैजाने, राज्य र केन्द्रको ससकीय प्रणाली कस्तो हुने यी बिषय सहज भने पक्कै छैन /
सादियेदेखिको केन्द्रकृत शासन प्रणालीबाट बिकेन्द्रिकृत शासन प्रणालीमा परिवर्तन हुन नेपालका लागि आफ्नैमा राम्रो छ / त्यति मात्र होइन ति वर्ग र समुदाय जसलाई अधिकार सम्पन्न बनाउन आत्मनिर्णयको अधिकार दिनु पनि स्वागतयोग्य छ / तर संघियताको नाममा जति, वर्ग र धर्म विशेषका नाममा देशलाई बिखन्डन गर्न खोज्नु सम्पूर्ण नेपालीका लागि सहनयोग्य छैन / राज्य निर्माण कुनै जति, वर्ग र धर्म विशेषका नाममा राखिनुहुन्न / यसले विभेद अन्त्य गर्नेछैन बरु गृहयुद्ध निम्त्यानेछ / हामी सबै नेपालमा बसोबास गर्ने, नेपाली हौ / हाम्रो एउटा समाज र जात छ त्यो हो नेपाली / हामी बाहुन, छेत्री, नेवार, तामांग, गुरुङ, लिम्बु, राई, यादव आदि इद्यादी पछि हौ, पहिला हामी सबै नेपाल आमाको सन्तान नेपाली / सबै हामी नेपाली जो आफ्नो आफ्नो राज्यको माग गरिरहेका छऔ, हामीसबैले एकपल्ट गहिरिएर सोच्ने बेला आएको छ / आफ्ना आफना राज्य मागले देशमा परापुर्वकाल देखि एकआपसमा मिलेर बसेको समाज तहसनहस त हुने हैन ? बहुजाति, बहुभाषी विशिष्ठ हाम्रो जस्तो नमुना समाज आफ्ना आफनै राज्य मागले समाप्त हुने त हैन भन्ने बिषय गम्भीर छ / जातीय रुपमा राज्य निर्माण नहुदै पहाडी नेपाली मदेश पस्दा टोपी गोजीमा र मदेशी नेपाली पहाड पस्दा धोति काखीमा लुकाउनु पर्ने देशमा भोलि जातीय राज्य भागबन्डाले हामीलाई कुन खाल्टोमा पुराउछ, समय हुदै सबैले विचार पुराउन जरुरिछ / देशलाई संघियतामा लानु पर्छ तर संघियताको नाममा देशलाई भागबन्डा गर्ने हैन / ति छेत्रका पिछडीएका वर्ग र समुदायलाइ आत्मनिर्णयको अधिकार राज्यबाट दिने हरेक सुविधामा आराछांन, गास, बास, कपास, स्वस्थ, शिछा, र रोजगारको १००% ग्यारेन्टी गरिनुपर्छ / हरेक वर्ग र समुदायले आफ्नो आफ्नो पहिचान आफैले गर्वका साथ बनाउनुपर्छ /

विहिबार, २३ वैशाख, २०६७ राजधानी अन्तराष्टिय साप्ताहिक मा प्रकाशित

Read more...

Friday, June 11, 2010

परिवर्तन

शान्ति हाम्रो पेटीमा उभी भीख मागीरहेको छ, तर हामीसंग उसलाई दिन केहि छैन
सुन्दर शान्त अब छत बिछत् भैसकेको छ कही एम्बुस र दोहोरो भीडन्तमा परी
बिहानीले भालेको डाक र चाराचुरुंगीका चिर्बिर चिर्बिर आवाजका ठाउमा
तोप र बन्दूकका कर्ण कटु आवाजहरु सुनाउन थालेका छन
सगरमाथा एकोहोरो हेरीरहेछ वरफसरी आखामा आशु लि
उ संग बोल्ने हिम्मत छैन, बोलोस पनी कसरी यहाँ सजिवहरु चुपचाप मौनतामा डुबेका बेला

घरबाट निस्केको छोरा बेलुकी घर फर्कन्छ की फर्कन्दैना
आमालाई दिनभरी खडपड़ी र छड़पड़ी छ
यहाँ तिहार तिहार जस्तो छैन, दशै दशै जस्तो लग्दैना
कहा कसको तिहार रोकिने हो, दशैमा कुन चेली को सिंदूर पुछिने हो

समचार पत्रका हरफहरु अब रगतले कुदिएका बाहेक केहि छैन्न
समचार पढन बसेको बाउ भार्तिमा पसेको छोराको लाश मुख्य पृष्ठमै देख्दा यहाँ कुनै अचम्म छैन
पशु हरौदा खल्लीबल्ली हुने गाउ आज मान्छे लापता हूदा कुनै हल्लीखल्ली छैन
देशमा कथित परिवर्तनका काला बादल मडारिएक छन
बिजुलिका चमक धमक चर्का आवाजले गाउ गल्लि आक्रांतित छ
मानिस खसीबोका झैँ छ्याप छ्याप्ती कटीऐका छन , रेटिएका छन
कोही मुस्लिम समुदायको हलाल शैलीमा उदोमुन्टो पारि रुखमा टागीएका छन

मानवीय सम्बेदाना, भावना एकादेशको कथा बनेको छ
एउटा शाहीसेनामा लागेको छोराको दहासंस्कार नसकिदै
भोली जनशेनामा लागेको छोरा को मलामी खोजन, बाउ गाउ घरका ढोका ढोका ढक ढकाइ रहेका छन
आहा! हेर देशले कत्रो परिवर्तन पाएको छ

ऐ! परिवर्तनका हिमायतीहरु हो यो भन्दा अरु के परिवर्तन चाहन्छोउ ? भयो बंद गर अब !
परिवर्तन कुनै मानबको इति लीला समाप्त गरेर ओउदैना, यसले त् मानब सब्यतालाइ नाश गर्छ
यदि परिवर्तन नै चाहेका होउ भने, परिवर्तन गर ति समाजका बिकृत सोचहरुलाइ
उखेलेरा फ्याकी देउ कथित सस्कार र रुडीबदी परम्पराहरुलाइ
नामेंट गरीदेउ मान्छे मान्छेमा बिभाजन ल्याउने छुवाछुतहरुलाई

जब सम्म सोच र बिचारमा परिवर्तन ओउदैन , तब सम्म लाखऔ नरबलि चडाये पनी परिवर्तन संम्भब छइन
त्यसैले शुरू गरु फ्याकन बिकृत सोच र बिचारहरुलाइ, शुरू गरु आफै आफै बाट
आफै आफै बाट शुरू गरे पर्दैना कसैलाई परिवर्तन गर्न !!!! पर्दैना परिवर्तन गर्न

Read more...

किन कि देशले परिवर्तन मागेको छ

सुने सगरमाथाको लम्बाई लम्बियो रे,
उ एक दुइ सुता माथि सरेको छ
उ सधै एकै ठाउमा रहिरहन सक्दैन,
उ निर्जीव छ तर पनि किन परिवर्तित हुन चाहन छ
किन कि देशले परिवर्तन मागेको छ

साइला दाईले यसपाली साहुलाइ ठेक्का नतिर्ने रे,
साहु प्रहरी लिन चौकी तिर गएको छ
प्रहरी हातमा लट्ठी घुमाउदे ठेक्का भर नत्र ! भन्दै छ,
तर किन दाई जसको जोत उसैको पोत भन्दै कराई रहेका छन्
किन कि देशले परिवर्तन मागेको छ

मजदुर दिनरात दश नग्री खीयाउछ
पानी सरि पसिना बगाई
तर बिडम्बना बिलुकी उसैको घरको चुलोमा आगो बल्दैन
उ छटपटीन्छ! निसासिन्छ! अनि किन भन्छ श्रम शोषण बन्द गर
किन कि देशले परिवर्तन मागेको छ


श्रीमती फेरी पिटिन जड्या श्रीमानबाट
जागेटिन, दुइजिउको शरीरमा बुटको डाम बसे
उठ्न खोजिन उठान सकिन्न पछारिन त्यहिँ माटोमा
अनि जमिनको माटो हातमा लि किन कराइन ! लैंगिक असमनता मुर्दाबाद
किन कि देशले परिवर्तन मागेको छ


दुधे बालक जुठेलनामा पौठाजोरी खेल्छ जुठा भाडासंग
कयै दिन देखि नखाएका हात कमाउदै मस्काउछ
छेउ बाटै "बल शोषण बन्द गर" आदि प्ले कार्डधारीहरु नाराजुलुस सहित अगी बद्छ्न
केटो आखाभरि आशु बनाई किन त्यहिँ भिडतिर दौडी रहेछ
किन कि देशले परिवर्तन मागेको छ

Read more...

फाइनल मा पुगेको नेपाली भिडियोलाई भोट गरौँ

अमेरिकी विदेश मन्त्रालय तथा यसका साझेदारहुरुले अन्तराष्ट्रिय डेमोक्रेसी भिडियो च्यालने्ज प्रतियोगिताको अन्तिम चरण मा प्रवेश गर्ने १८ प्रतियोगी भिडियोहरू केही दिन अघि सार्वजनिक गरेको छ । यो अनलाइन प्रतियोगितामा सहभागिहरुलाई "प्रजातन्त्र भनेको..." वाक्यांश पुरा गर्दै छोटो भिडियो पेश गर्न आह्वान गरिएको थियो । यी १८ मध्ये सार्वजनिक मतदानबाट ६ भिडियोलाई विजेता को रुप मा छनौट गरिनेछ । विभिन्न ८३ देशका ७०० प्रतियोगीहरुमध्ये बाट अन्तिम चरण मा प्रवेश गर्ने १८ भिडियोहरु छानिएका हुन् । जसमध्ये नेपाल बाट अनुप पौडेल ले बनाएको *"Democracy is Black"* भन्ने शीर्षक को भिडियो अन्तिम १८ मा दक्षिण एसिया बाट मा छानिएको छ । अब जित्न को लागि यो नेपाली भिडियो *"Democracy is Black"* लाई दर्शकहरु को भोट को आवश्यकता रहेको छ ।

*भोट कसरी गर्ने ?
* युट्युब मा :
*http://www.youtube.com/democracychallenge*
त्यसपछि *Sequence 01_mpeg2video.m *भन्ने भिडयो सर्चबार मा सर्च गर्नुहोस् !
त्यसपछि त्यहाँ भिडियो सँगै देखिने *लाइक बटन* क्लिक गर्नुहोस् ।

तपाई को भोट अमुल्य हुनेछ, प्रतियोगिता जित्न को लागि । भोटिङ जुन १५ तारिख अर्थात असार १ गते सम्म गर्न सकिने छ । आज को मिति ले करिब १ हप्ता बाँकि रहेको छ । भोट दिनैपिच्छे गर्न सकिने छ । आशा छ यहाँहरु ले आफ्नो अमुल्य मत, “Democracy is Black” लाई दिनुहुनेछ । स्मरणिय रहोस् गतवर्ष सन् २००९ को प्रतियोगिता मा नेपालबाट छिरिङ छोडेन बिजयी भएकी थिइन ।

Read more...

  © Free Blogger Templates Blogger Theme II by Ourblogtemplates.com 2008

Back to TOP