Friday, June 11, 2010

किन कि देशले परिवर्तन मागेको छ

सुने सगरमाथाको लम्बाई लम्बियो रे,
उ एक दुइ सुता माथि सरेको छ
उ सधै एकै ठाउमा रहिरहन सक्दैन,
उ निर्जीव छ तर पनि किन परिवर्तित हुन चाहन छ
किन कि देशले परिवर्तन मागेको छ

साइला दाईले यसपाली साहुलाइ ठेक्का नतिर्ने रे,
साहु प्रहरी लिन चौकी तिर गएको छ
प्रहरी हातमा लट्ठी घुमाउदे ठेक्का भर नत्र ! भन्दै छ,
तर किन दाई जसको जोत उसैको पोत भन्दै कराई रहेका छन्
किन कि देशले परिवर्तन मागेको छ

मजदुर दिनरात दश नग्री खीयाउछ
पानी सरि पसिना बगाई
तर बिडम्बना बिलुकी उसैको घरको चुलोमा आगो बल्दैन
उ छटपटीन्छ! निसासिन्छ! अनि किन भन्छ श्रम शोषण बन्द गर
किन कि देशले परिवर्तन मागेको छ


श्रीमती फेरी पिटिन जड्या श्रीमानबाट
जागेटिन, दुइजिउको शरीरमा बुटको डाम बसे
उठ्न खोजिन उठान सकिन्न पछारिन त्यहिँ माटोमा
अनि जमिनको माटो हातमा लि किन कराइन ! लैंगिक असमनता मुर्दाबाद
किन कि देशले परिवर्तन मागेको छ


दुधे बालक जुठेलनामा पौठाजोरी खेल्छ जुठा भाडासंग
कयै दिन देखि नखाएका हात कमाउदै मस्काउछ
छेउ बाटै "बल शोषण बन्द गर" आदि प्ले कार्डधारीहरु नाराजुलुस सहित अगी बद्छ्न
केटो आखाभरि आशु बनाई किन त्यहिँ भिडतिर दौडी रहेछ
किन कि देशले परिवर्तन मागेको छ

0 comments:

  © Free Blogger Templates Blogger Theme II by Ourblogtemplates.com 2008

Back to TOP