Showing posts with label कथा संग्रह. Show all posts
Showing posts with label कथा संग्रह. Show all posts

Tuesday, June 29, 2010

दोषी को ?

म र मेरो परिवार हामी सबै जातीय रुपमा हिन्दु हौ र त्यसपछी उपाध्य ब्रामण | मेरो बुबाले सस्कृतको गहिरो अध्यान गर्नु भएको छ र अहिले त्यहिँ बाहूपुर्खाले अंगाली ल्याएको पेशा पुरेत्यइ गर्नु हुन्छ | मेरो बु बुबाले नचिनेको कोहि छैन, साहु देखि महाजन सबैले मेरो बुबालाई आदर गरेर घनश्याम बाजे भनेर बोलोउ छन् | हुनत घनश्याम बाजे अथवा मेरो बुबा पुरानो सभ्यतामा हुर्केकाले होला जातीय छुवाछुतमा धेरै नै कटर छन् | उहा तल्लो जातको व्यक्तिसंग गफै गर्न पनि रुचौदैनन, उहा आफ्नो आडम्बरमा अडिक हुनुहुन्छ | उहालाइ कसैले हल्लौना सक्दैन | तल्लो जात भनेको हामी भन्दा हामी भन्दा सानो हो, उनिहरुले छोएको हामीहरुले खानुहुदैन, यहाँसम्म कि कहिँ हिड्न लाग्दा कोहि तल्लो जातको व्यक्तिसंग जम्मकाभेट हुदा असगुन हुने जस्ता पुराना, अनैतिक, कुसस्करहरुले उहाको मस्तिष्कमा गहिरो छाप छोडेको छ | त्यसैले होला उहा जैले पनि मलाई भन्ने गर्नुहुन्छ - "छोरा जानेर पनि तल्लो जातको मान्छेसंग सङ्गत नगर्नु, हाम्रो जातै जान्छ, नाकै काटिन्छ" | यसरि मेरो बुबा मलाई मार्गदर्शन दिनुहुन्छ |
म घनश्याम बजेको एक्लो छोरो | म माथि दुइटी छोरी र फेरी म पछी अर्की कान्छी छोरी, बुबा आमा गरि छ जनाको परिवार | हाम्रो सम्पूर्ण परिवारको गुजाराको मुख्यश्रोत भनेको बुबाको जजमानी | यहि जजमानी गरेर मेरो बुबाले सम्पूर्ण परिवार चलाएका छन | म देखि लिएर ३/ ३ वटी छोरी पढाउने, खुवाने, लगाउने सम्पूर्ण जिम्मा बाबुको अथवा जजमानी कामको काधमा | पुरानो सस्कार बोकेर भए पनि हाम्रा बुबाले छोरीहरुलाइ भने पढाएका छन सकी नसकी | यो उहाको प्रगतिवादी काम हो | यी त थिए हाम्रो पारिवारिक पृष्ठभूमि , र अब कथा यसरि सुरु हुन्छ | म क्याम्पस पढाईमा ब्यस्त थिए, मेरो उदेश्य भनेको केवल पढ्नु मात्र थियो | त्यसैले म धुरीमा टुप्पी बाधेर आफ्नो अध्यान गर्दैथिए | तर मान्छेले जे सोच्छ त्यो हुदैन रहेछ, त्यसैले होला मेरो पढ्ने इच्छा हुदा हुदै पनि मेरो जीवनमा पढाईको बाधक बनेर सरस्वती आइन |उनि जातीय हिसाबले रसाइली थिन, तर म एउटा जातीय छुवाछुतको लागि ठिक बुबाको बिपरित थिए | त्यसैले होला सरस्वती पति मेरो धेरै सहानुभूति जाग्यो | उनि र मेरो छोटो परिचयको अवधिमै एकअर्काका असल साथी बन्न पुगियो | बिस्तारै उनको र मेरो सम्बन्ध नजिकिदै गयो, अनि धेरै दिनको भेटघाटले एउटा नया मोड लियो - प्रेम विवाह | उनले अब सधै मलाई विवाहको प्रस्ताव राख्न थालिन, म चाही याद नगरे जस्तो गर्दै गए तर धेरै दिनको काचकाचले मैले पनि केहि विकल्प सोच्न बाध्य भए |
मैले निश्य गरे बुबालै सबै समस्या सुनाओ, तर डर लग्यो, बुबा स्वभावले नै डरलाग्दो हुनु हुन्थियो | त्यसैले बुबाको मन चोर्न मैले " तल्लो जातको केटिसंग विवाह गरे भने के गर्नु हुन्छ " मेरो प्रश्न पुरा नहुदै बुबा एकदमै रातोपिरो अनुहारले मलाई " यो घरको आगन पनि नटेक्नु" | यसरि कुरा गर्दा मात्र बुबाको यत्रो रिस भोलि विवाह नै गरेर ल्याए भने त बुबाले मलाई यस घरको कुनै पनि कुनामा ठाउँ नदिने रहेछन भन्ने भयो, यसरि म उनको पवित्र प्रेमलाइ पनि नकार्न सक्दिन थे र आफ्नो परिवारबाट टाडा अनि एक्लो बन्न पनि | अब मलाई यी दुइ बाटोमा एउटा रोज्ने परिस्थिति आयो र म एकान्तमा बसेर एकोरिना थाले, मेरो दिमागले काम गर्न छाड्यो | क्याम्पस जना छोडे |
मरो मनमा कुरा खेलीरहे | कहिले सोच्थे मैले उसंग पवित्रप्रेम गरेको छु, उसलाई कुनै पनि हालतमा धोका दिनुहुदैन |यी सम्पूर्णलाइ त्यागेर मैले केवल हाम्रो प्रेमलाई सफल बनाउनु पर्छ अनि मात्र प्रेमको अर्थ सार्थक हुन्छ तर अर्को मनले भन्छ जीवनको लछ्या भनेको केवल प्रेम मात्र हैन, स्वास्नी मात्र हैन | हाम्रो परिवार प्रति पनि त केहि कर्तव्य छ | आमा बुबाले छोरा छोरी जन्मौदा साथ साथै धेरै सपनाहरु पनि जन्माएका हुन्छन , ति आमाबुबाका सपनाहरुलाइ हामीले पुरा गर्नुपर्छ | यसरि दोमन भएर म धेरै दिन सम्म रन्थनिरहे | कहिले परिवारप्रतिको कर्तव्यले सतौथ्यो त कहिले पवित्रप्रेम प्रतिको जिम्मेवारीले | धेरै दिन यसरि दोमन भएर हिडदा हिडदै एकदिन मनमा लग्यो, यी सम्पूर्ण कुरा अब म सरस्वतीलाइ सुनाउनु पर्यो अनि उनको पनि सल्लाह लिनुपर्यो | त्यहिँ सोचेर भोलिपल्ट क्याम्पस गए | क्याम्पसमा सबै साथीहरुको जमघट थियो तर सरस्वती थिन्न | मैले धेरै खोजे तर अन्त्यमा एकजना साथीबाट थाहा पाए सरस्वतीको त अर्कै एकजना केटासंग विवाह भैसकेछ |म एकपल्ट त आकाशबाट खसे जस्तो भए तर पनि मनलाई समाल्दै एकपल्ट उनिसंग भेट्न मन लग्यो | साथीहरुबाट उनको नया घरको ठेगाना लिएर उनि बह्येको ठाउँमा पुगे | उनको सिउदो सिन्दुरी सकेको थियो तर पनि केहि आट गरेर मैले उनीसंग प्रश्न गर्न खोजे, हुनत अब उनलाई प्रश्न गर्ने मेरो केहि अधिकार थिएन तर पनि प्रश्न गर्न बाध्य भए | उनले आखाभरी आशु बनाउदै भनिन "हो म पनि तपाइलाई तपाई जत्तिकै माया गर्थे, तर तपाइको दोधारे जीवन बनाएर म बच्न सक्दिन थे | मलाइ थाहा थियो तपाइको परिवारले मलाई स्विकार्दैनन र तपाई पनि परिवारको बिरुद्ध हुनुहुन्थियो | तपाईहरुको त्यो खुशी जीवन म आएर बिथोल्न चाहन्न थे किन कि प्रेम भनेको विवाह र मिलन मात्र हैन प्रेम भनेको साचो अर्थमा एउटा बलिदान हो | यहि सोचेर मैले तपाइको खुसीको लागि तपाइको बिना सल्लाह अर्कै व्यक्तिसंग विवाह गरे |
यसरि अर्कै व्यक्तिबाट सिधुरिये कि उलाई फेरी म भित्याउन न सक्थे | मनले नचाहदा नचाहदै पनि उनलाई त्यहिँ छोडेर म बाहिर निस्के सधैका लागि ......... त्यहाँ बाट निस्केपछी मरो मनमा धेरै कुरा खेलीरह्यो | म सोच्थे महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता महापुरुष अरु १/२ जना हाम्रो समाजमा जन्मेका भए सायद यो हामी भित्र जमेर बसेको छुवाछुतको भवन हटथ्यो कि ? मेरो बुबाको हुर्दय पनि देवकोटाको जस्तो भएको भए आज मैले मेरो प्रेमको सफलता पाउने थिए | तर बिधताको आदेश कसले टार्ने र ! यहि सोच्दै मैले अब आजीवन विवाह नगर्ने निर्णय लिए किन कि मैले सरस्वतीलाइ नै सम्पूर्ण जीवनको साथी बनिसकेको थिए | त्यसैले अहिले म सानो सस्था खोलेर बसेको छु जसको नाम हो "दलित जति उथान समिति"

Read more...

  © Free Blogger Templates Blogger Theme II by Ourblogtemplates.com 2008

Back to TOP