Friday, February 4, 2011

बिश्व चलाउने अठोट गरछौ

लड्छौ लड्छौ लड्छौ, अन्याय बिरुद्ध लड्छौ
यी दुइ हातले बिश्व, चलाउने अठोट गरछौ

हुन दिन्नम अन्याय, अत्यचार बिरुद्ध लड्छौ
थप्नु परे गोली बारुद, छाती माथि थाप्छौ
डगने छैनौ सामन्त अघि, सामन्ती बिरुद्ध लड्छौ
यी दुइ हातले बिश्व, चलाउने अठोट गरछौ

पाउनु पर्छ सबले बाच्न, समानताका लागि लड्छौ
पाउनु पर्छ सबले बोल्न, निमुखाका लागि लड्छौ
हल्लिने छैनौ शोषक अघि, शोषण बिरुद्ध लड्छौ
यी दुइ हातले बिश्व, चलाउने अठोट गरछौ

0 comments:

  © Free Blogger Templates Blogger Theme II by Ourblogtemplates.com 2008

Back to TOP