Friday, February 4, 2011

आखिर तिनी हाम्री आमा हुन्

छोड! तिनलाई बलात्कार नगर , धेरै भयो कति लुट्छौ
तिनका अंग अंग गली सके, सुसाए, थाके चल्नै नसक्ने पारौ
कस्तो अधर्मी तिनलाई लंगडो पर्ने, धिक्कार छ तिमिहरुलाइ
आखिर तिनी हाम्री आमा हुन् |

पशु भन्दा पनि निच भयौ, पशुले पनि चिन्छ आमा त आफ्नो
तिमि त उक्लियौ यौनक्रिडा गर्न उही माथि,
हुर्कायो बढायो जसले नौ धारा धुत खुवायो त्यहिँ माथि
कस्तो दानव यो मात्रि पिडा दिने, धिक्कार छ तिमिहरुलाइ
आखिर तिनी हाम्री आमा हुन् |

कहिले आफैबाट बलात्कार गरौ, कहिले गरयौ अरु बाट
यो बलात्कारको शृंखला पनि लामो र निरन्तर छ
कहिले कालापानी बनाई बलत्कार गरौ, कहिले पशुपतिनगर बनाई
कहिले महाकाली सन्धिका नाममा त, कहिले टनकपुरका नाममा
हे मात्रीकरनीकर्ता हो, धिक्कार छ तिमिहरुलाइ
आखिर तिनी हाम्री आमा हुन् |

कहिले कोशी बनाई शरीर भरि क्रिडा गरौ, कहिले लौटंकीको आल बनायौ उनकै छातीमा
मात्रै लुटेनौ अंग भंग पारौ लुछेर, पुराइ छोडौ देश विश्व पाटीमा
सधै आशु मात्र दिने, धिक्कार छ तिमिहरुलाइ
आखिर तिनी हाम्री आमा हुन् |

जुन द्वारबाट आयौ, त्यहिँ करनी गर्दै छौ, मर्छौ खोरेत, ठेउला र कुष्ठरोग लागेर
कुहिने छौ मर्ने बेलामा मुखमा एक थोपा पानी पनि मिल्ने छैन
त्यसैले आतताही बन्नेहरु, धिक्कार छ तिमिहरुलाइ
आखिर तिनी हाम्री आमा हुन् |

0 comments:

  © Free Blogger Templates Blogger Theme II by Ourblogtemplates.com 2008

Back to TOP