Monday, July 26, 2010

मजदुर हौ हामी

मजदुर हौ हामी मजदुर हौ हामी, पसिना बगाऊछौ
त्यहिँ पसिनाले पखाली घरव्यवहार चलाऊछौ

बिना श्रम चाहिंन्न केहि, खाइन्न खोटो धन
श्रम गर्न इश्वरले दिएका, यी दुइ हात छन्
यी दुइ हात खियाइ नया, समाज बुने छौ
पसिना बिना आफ्नो भन्ने, चिन्तन धुने छौ

श्रममा आस्था श्रममा विस्वास, जहाँ श्रममै छ स्वाभिमान
पसिना थोपा मोतिका दाना, मजदुरको यहि शान
पसिनाद्वारा सिंचित परि, नया इतिहास कोर्ने छौ
मजदुर शोषने काला कानुन, ति सबै फोर्ने छौ

0 comments:

  © Free Blogger Templates Blogger Theme II by Ourblogtemplates.com 2008

Back to TOP